Skip
आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हर्क साम्पाङको पार्टी निर्वाचन आयोगमा दर्ता, पाए प्रमाणपत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १६ गते


काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज साम्पाङलाई दर्ताको प्रमाणपत्र दिइएको जानकारी दिए।

‘उहाँलाई भर्खरै पार्टी दर्ताको प्रमाणपत्र प्रदान गरियो’, आइतबार दिउँसो उनले भने।

गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरानको मेयरमा विजयी साम्पाङले आफ्नो अध्यक्षतामा श्रम संस्कृति पार्टी गठन गरी दर्ताका लागि गत असोज १२ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए।

चुनाव चिह्न माटो राखिएको पार्टीमा उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई छन् ।


प्रतिकृया दिनुहोस्