Skip

Hamro Sanchar

झापामा पुराना नेता कमजोर भएका छन्, दुर्गा प्रसाईं आउन सक्ने सम्भावना छ : प्रधानमन्त्री कार्की

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १४ गते


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनसँगै बहिर्गमित तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली लक्षित सांकेतिक अभिव्यक्ति दिँदै आगामी चुनावबाट दुर्गा प्रसाई आउन सक्ने आकलन गरेकी छन् ।

ओलीको नाम नलिई उनले झापामा यति बेला पुराना नेताको शक्तिमा ह्रास आएको भन्दै व्यवसायी तथा राष्ट्र राष्ट्रियता धर्म बचाउ महाअभियान संयोजक दुर्गा प्रसाईं शक्तिमा आउन सक्ने लख काटिन् ।

आज सम्पादकहरुसँग तीन घण्टा भन्दा बढी संवाद गर्दै कार्कीले भनिन्, ‘आन्दोलन गर्छु भन्दै हिँडेका छन्, दुर्गाजी । अराजक कुरा गर्न पाइँदैन । तर आफ्नै ठूलो समूह लिएर हिँडेका छन् । भव्य समूह छ उनको भन्ने सुन्दैछु । समर्थकहरू पनि तयार भएका देखिन्छन् । झापामा यति बेला पुराना नेताहरूको शक्तिमा ह्रास आएको छ । उनले चुनाव जित्न पनि सक्छन् ।’

७ मंसिरदेखि प्रसाईले आन्दोलन घोषणा गर्छु भने पनि संविधानतस् उनले गतिविधि गर्न पाउने, पहिलेझैं हातहतियार लिएर हिँडे मुलुकी अपराध संहिता अन्तर्गत प्रसाईलाई कारबाही गरिने कार्कीले भनिन् ।


प्रतिकृया दिनुहोस्