Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १४ गते


Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ।

आज सकिएको एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले एकतामा जाने पक्षमा निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए।

माओवादी केन्द्रसँग एकता गर्ने प्रस्तावलाई एकीकृत समाजवादीका बहुमत केन्द्रीय सदस्यले अनुमोदन गरेका हुन्।

तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता रामकुमारी झाँक्री, घनेन्द्र बस्नेत, बिजय पौडेल, जीवनराम श्रेष्ठ, लक्ष्मण लम्साल, दामोदर अर्याल, अशोक घिमिरे, अकिल हुसेन खान, हरि पराजुली लगायतका नेता एकताको विपक्षमा उभिए।


प्रतिकृया दिनुहोस्