Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सहमति नजुटेपछि कांग्रेस केन्द्रीय समिति बैठक दुई दिनका लागि स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १४ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगन भएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माबीच महाधिवेशन कार्यतालिका ल्याउने विषयमा सहमति हुन नसक्दा बैठक स्थगन भएको हो।

‘कार्यतालिकामा कुरा नमिलेर आइतबार दिउँसो १ बजे बस्ने गरेर बैठक स्थगन भयो’ एक केन्द्रीय नेताले भने।

कांग्रेसमा संस्थापन पक्ष चुनाव पश्चात् १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने पक्षमा छ। तर, महामन्त्रीद्वय सहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडानमा छन्। यो विषयमा कांग्रेस दुई धारमा बाँडिएको छ।

कार्यतालिका ल्याउने विषयमा आज बिहान नेता शेखर कोइरालासँग पनि महामन्त्रीद्वयले संवाद गरेका थिए। १६ पुसमा केन्द्रीय महाधिवेशन नियमित गर्नेगरी कार्यतालिका ल्याउन सकिने र दबाव दिने निर्णय भएको थियो।

त्यसपश्चात् महामन्त्रीद्वय र कार्यवाहक सभापति छलफलमा बसेका थिए। छलफल सहमतिमा नपुग्दा केन्द्रीय समिति बैठक स्थगन गरिएको हो


प्रतिकृया दिनुहोस्