Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रेशम चौधरीको चेतावनी : मलाई लड्न नदिए देशमा चुनाव नै हुँदैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १४ गते


काठमाडौँ । प्रस्तावित नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरीले आफूसहित लक्ष्मण थारु र धनिराम चौधरीले आगामी निर्वाचनमा चुनाव लड्न नपाए देशमा चुनाव नै हुन नसक्ने चेतावनी दिएका छन् ।

उनले टिकापुर घटनामा आफूलाई फसाइएको दाबी गर्दै सिङ्गो थारु समुदायको विद्रोहलाई पन्छाएर कुनै हालतमा चुनाव हुन नसक्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रवार काठमाडौँमा आयोजना गरेको बृहत् राजनीतिक संवादमा बोल्दै चौधरीले यस्तो बताएका हुन् ।

‘देश परिवर्तन गर्ने हामी, संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी, अनि कलम चलाउनेले फैसला गरिदिने ?’, चौधरीले अदालतमाथि प्रश्न गर्दै भने, ‘अनि त्यो फैसलालाई हामीले मान्नुपर्ने ?

उनले अगाडि भने, ‘रेशम थारु, धनिराम थारु र लक्ष्मण थारुले यो चुनावमा भाग लिन पाएनन् भने यो देशमा चुनाव नै हुन सक्दैन । केको चुनाव ? सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ? नेपाली कांग्रेस एमाले र जेनजीको इतिहास के थियो ?’

चौधरीले जेनजीका साथमा नागरिकहरूको साथ रहेको भन्दै नआत्तिन आग्रह गर्दै जेनजीलाई फसाउन सक्नेतर्फ सचेत हुन आग्रह गरे ।


प्रतिकृया दिनुहोस्