Skip

Hamro Sanchar

रेशमले नयाँ दल दर्ताका लागि निवेदन दिए : २८ वर्षीय कबीर सोब अध्यक्ष प्रस्ताव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १३ गते


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।

नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम राखेर दल दर्ताका लागि दिएको निवेदन अहिले सनाखतको प्रक्रियामा रहेको छ ।

पार्टी घोषणा गरेका चौधरीसहितका नेताहरू बिहीबार दल दर्ताको प्रयोजनका लागि एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन् ।

निर्वाचन आयोगमा पेश भएको कागजातमा पार्टीको अध्यक्ष कबीर सोबलाई गरिएको छ । त्यस्तै, चुनाव चिह्न भने जाँतो प्रस्ताव गरिएको छ ।

२८ वर्षीय सोब कैलाली टिकापुरका हुन् । चौधरीसँग डा। सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका छन् ।

अबदुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए ।

टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।

पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरूमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो । श्रेष्ठ र चौधरीको समूह फरक–फरक थियो ।


प्रतिकृया दिनुहोस्