Skip
आज : २०८२ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माधव नेपालको चुनौती : ओलीका सामू लम्पसार पर्न तयार हुनेहरू गए हुन्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १२ गते


काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई संकेत गर्दै पार्टी छोडेर जान चुनौती दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय समितिको बैठकमा उनले एमालेविरुद्ध विद्रोहको औचित्य थिएन भन्‍ने नेताहरूलाई केपी ओलीका सामू लम्पसार तयार भएको टिप्पणी गरेका हुन् ।

पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले एमालेसँगको विद्रोहको औचित्य अझै पुष्टि हुन नसककेको भन्दै प्रश्न उठाइरहेका थिए ।

‘एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्‍ने कुरामा कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन।’ उनले भने ।

उनले एकीकृत समाजवादी पार्टी खोलेर कुनै गल्ती नगरेको बताए । ‘चुनौती आइरह्नछन्। ती चुनौतीको सामना गर्नुपर्छ। हामीले चुनौतीको समाना गरेका थियौं।’ उनले भने  ।

यस्तै नेपालले विचार र सिद्धान्त मिल्ने कम्युनिस्ट शक्तिहरूसँग एकता गरेर आन्दोलनलाई सशक्त बनाउने दिशा खोज्न पार्टी तयारी अवस्थामा रहेको बताएका छन्।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘विचार, सिद्धान्त मिल्ने कम्युनिस्ट पार्टीसँग एकता गरेर आन्दोलनलाई कसरी एकताबद्ध बनाएर अगाडि बढाउने भन्नेबारेमा यो बैठकमा विस्तृत छलफल हुनेछ।’

उनका अनुसार, एकता र सहकार्यका लागि विभिन्न दलहरूसँग संवाद भइरहेको छ। ‘हामीले संवाद गरिरहेका छौँ,’ नेपालले भने, ‘थुप्रै पार्टीहरू हामीसँग भूमिका खेल्ने आशा राखिरहेका छन्, तीमध्ये नेपाली कांग्रेस पनि एक हो।’

नेपालले पार्टी अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै भने, ‘हाम्रो पार्टीको अफिस पनि जलाइयो पहिलोचोटि पनि, दोस्रोचोटि पनि

 

 


प्रतिकृया दिनुहोस्