Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

समाजवाद पक्षधरलाई विप्लवको आह्वान : कात्तिक २० गते काठमाडौंमा उत्रिनु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १० गते


Advertisement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवाद पक्षधरलाई कात्तिक २० गते काठमाडौंमा उत्रिन आह्वान गरेका छन्।

नेकपाको हालै बसेको बैठकले २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने निर्णय गरेको थियो।

देशले आत्मसम्मानसहित उन्नति हासिल गर्न र स्वाधीनताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।

‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो। अरूले होइन नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ’ उनले भनेका छन्, ‘स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौँ साथीहरू।


प्रतिकृया दिनुहोस्