Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मन्त्री बन्न ठिक्क परेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी भएको खुलासा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ९ गते


काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको शपथ लिन लागेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको भेटिएको छ ।

दैलेखको नारायण नगरपालिका–२ भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको भेटिएको छ ।

स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपात गरेका कसुरमा प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले उनलाई समेत प्रतिवादी बनाएर दायर गरेको मुद्दामा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

२०८१ असार १४ मा दायर भएको मुद्दा मा अदालतले ७ दिने पक्राउ पुर्जी जारी गर्दै पक्राउ नपरेमा ‘३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउनु’ भदै जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्राचार गरेको थियो ।

२०८१ मङ्सिर २१ मा उनलाई पक्राउ गरेर उपस्थित गराइदिन भन्दै अदालतले पत्राचार गरेको थियो ।

सुनारविरुद्ध सुर्खेत स्थित गुर्भाकोट नागरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा। सोजन सापकोटाको जाहेरी दिएका थिए । दैलेखका डीएसपी गणेश बरालले सो पत्रबारे अनभिज्ञता जनाए । उनले भने, ‘म अहिले बाहिर छु ।’

 


प्रतिकृया दिनुहोस्