Skip

Hamro Sanchar

अनामनगरस्थित गायक बबुलको स्टुडियोमा युवतीद्वारा आत्मदाहको प्रयास

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १ गते


काठमाडौं । चर्चित गायक बबुल गिरीको अनामनगरस्थित स्टुडियोमा एक युवतीले आत्मदाह प्रयास गरेपछि प्रहरीले उद्धार गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आगो लागेकै अवस्थामा प्रहरीले उनलाई उद्धार गरी कीर्तिपुरस्थित जलन उपचार अस्पताल लैजाँदै छ ।

घटनाको कारण खोजी हुने र कोही दोषी भए कानूनी कारवाही हुने प्रवक्ता भट्टराईले बताए ।

आत्मदाह प्रयास गर्ने युवती गायीका नितु पौडेल रहेको स्थानीयले बताएका छन् । युवतीको स्थिति हालसम्म सामान्य रहेको छ ।


प्रतिकृया दिनुहोस्