Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओलीको आक्रोश : म नेपालभित्र जहाँ पनि जान्छु, कुन कानुनले थुन्छ ?

"अपराधीहरू प्रहरीको बर्दीमा हातहतियारहरू बोकेर बुथमा आउने अवस्थामा चुनाव हुन्छ"

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १ गते


काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओलीले आफू नेपालको जुनुसुकै स्थानमा जाने भन्दै रोक्नका लागि चुनौती दिएका छन् ।

उनलाई काठमाडौं उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाउँदै उनले मौखिक आदेशको भरमा मनलाग्दी नगर्न चेतावनी दिए ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘चुनाव गराउने रे ! झापा मेरो घर जलाइयो, जान नपाउने । साँगा कटेर जान नपाउने रे !’

उनले प्रश्न गरे, ‘म नेपाल सरहदभित्र जतिबेर आवश्यकता छ, त्यतिबेर जान्छु । के कानुनले समाउँछ, के कानुनले थुन्छ ? कुन लोकतन्त्रले थुन्छ मलाई थाहा छ । जथाभावी गर्ने रु मनपरी गर्ने ?,’ उनले आक्रोश पोखे ।

दलका नेताहरूलाई मौखिक आदेशले रोकेर चुनाव गर्ने भन्दै उनले सरकारी कदमको आलोचना गरे । ‘मौखिक आदेशले जे पनि गर्छ ? हदबन्दी गर्ने । दलहरूलाई चुनावमा जान नदिने । अनि फागुन २१ मा चुनाव गर्ने वाह ?,’ उनले प्रश्न गरे ।

उनले आफूहरू जेलभित्र बसेर देशमै संघर्ष गरेर आएको हो उल्लेख गर्दै भने, ‘हामी कमजोर हुतिहारा होइनौं ।’

उनले अपराधीहरू प्रहरीको बर्दीमा हातहतियारहरू बोकेर चुनावको बुथमा आउने अवस्थामा चुनाव हुन्छ भन्दै प्रश्न गरे । ‘कि सम्झौता छ अपराधीहरूसँग ?’ ओलीले प्रश्न गरे


प्रतिकृया दिनुहोस्