Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ : मिराज ढुंगाना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १ गते


Advertisement

काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरूले राजनीतिक दल खोलेर अघि बढ्न लागेको बताएका हुन्।

उनले भने, ‘हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ। भिडले देश विकास हुँदैन, कि एनजीओ खोल्नुपर्‍यो कि पार्टी नै खोल्नुको विकल्प छैन। हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन।’

उनले जेनजीहरुलाई एक ठाउँमा आउन आह्वान गरे। पार्टी खोले पनि आफूहरूको बटमलाइन पूरा नभएसम्म चुनावमा नजाने बताए।

उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी नै हाम्रो बटमलाइन हो। त्यो मुद्दालाई सुन्नौं पर्छ। हामी चुनावमा जान भन्दा पनि सङ्गठित भएर अघि बढ्नको लागि पार्टी खोल्न लागेका हौँ।


प्रतिकृया दिनुहोस्