Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रपति र प्रधानमन्त्रीले गरे जेनजी प्रतिनिधिहरूसँग छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ३० गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की सहित जेनजीका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।

बिहीबार शितल निवासमा छलफल भएको हो।

जेनजीबाट छलफलमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरूषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी छन्।

फागुन २१ को चुनावबारे छलफल भएको हो। यसअघि राष्ट्रपति र प्रधानमन्त्रीले दलका प्रतिनिधिहरूसँग छलफल गरेका थिए।

छलफल बिहीबार साँझ साढे ६ बजेबाट सुरू भएको हो।


प्रतिकृया दिनुहोस्