Skip

Hamro Sanchar

मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्रीको ठाडो जवाफ : ‘भको भई छ नि”

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ३० गते


काठमाडौं । मन्त्रिपरिषद् बिस्तारबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री सुशीला रिसाएर जवाफ दिएकी छिन्।

आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट निस्कदै गर्दा पत्रकारले सोधेको प्रश्नमा उनी निकै झोक्किएकी हुन्।

पत्रकारले सोधे- प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद्को बिस्तार कहिले हुन्छ ? तर, कार्की यो प्रश्नले निकै आक्रोसित भइन्। उनले झोक्किएर जवाफ फर्काइन्- भएको भएै छ नि।

जेनजी आन्दोलनपछि उनी भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्। दुईपटक गरेर बिस्तार गरे पनि मन्त्रिपरिषद्ले अझैँ पूर्णता पाउन सकेको छैन।

अहिलेसम्म ७ जना मन्त्री नियुक्त गरेर १२ मन्त्रालयको जिम्मेवारी सुम्पिएकी उनले अझैँ आफैँले ९ मन्त्रालय सम्हालेकी छिन्।

कार्कीले सम्हालेका मन्त्रालयमा परराष्‍ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या रहेका छन्।

बाँकी मन्त्रालय सम्हाल्न उनले कहिले मन्त्री थप्छिन् भन्ने अहिलेसम्म एकिन हुन सकेको छैन्।


प्रतिकृया दिनुहोस्