Skip

Hamro Sanchar

जनमत पार्टी फुटाउनेविरुद्ध सीके राउतले गरे सर्वोच्चमा रिट दायर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ३० गते


काठमाडौं । पार्टी फुटाएर दर्ता गरिएको नयाँ दलविरुद्ध जनमतका अध्यक्ष डा. सीके राउतले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । राउतबाट अख्तियारी प्राप्त गरी आफ्नो हकमा समेत सत्यनारायण खत्वेले निर्वाचन आयोगलाई समेत प्रतिवादी बनाउँदै मुद्दा हालेका हुन् ।

दायर मुद्दामाथि शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता समेत रहेका सह-रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए ।

जनमतका तत्कालीन उपाध्यक्ष दिपक साहले तत्कालीन केन्द्रीय समितिको २६ प्रतिशत अर्थात १४ जना केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यलाई फुटाएर जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता गरिसकेका छन् ।

आयोगले दल दर्ता भएको प्रमाणपत्र समेत दिइसकेको छ ।


प्रतिकृया दिनुहोस्