Skip

Hamro Sanchar

देव गुरुङ भन्छन् : निर्वाचन निष्पक्ष हुनेमा शंका छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ३० गते


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन्।

निर्वाचन आयोगले आज दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहे पनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए।

सरकारले दलहरुलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनको लागि कुनै भूमिका नखेलेको उनको आरोप छ। ‘निर्वाचन त हुनुपर्छ भन्ने नै हो, र निर्वाचनमा हामी सहभागी हुन्छौँ भन्नेकुरा पनि हो,’ गुरुङले भने, ‘निर्वाचन आयोगले निर्वाचनको व्यवस्थापन गर्ने हो। निर्वाचनको आह्वान, निर्वाचनको मिति तोकेर निर्वाचनको आह्वान गरेको छ सरकारले हो। सरकारले निर्वाचनको लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ।’

उनले सरकारलाई शान्ति सुरक्षा कायम गरेर निर्वाचन गराउने वातावरण बनाउन आग्रह गरे।


प्रतिकृया दिनुहोस्