Skip

Hamro Sanchar

देउवा भन्छन् : पाँचपटकमा ५ वर्षमात्र प्रधानमन्त्री बनेँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २८ गते


देउवा भन्छन् : पाँचपटकमा ५ वर्षमात्र प्रधानमन्त्री बनेँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचपटक प्रधानमन्त्री हुँदा करिब संसद्को एउटा पूर्ण कार्यकाल जति बनेको बताएका छन् ।

जेन(जी आन्दोलनपछि पहिलोपटक देखिएका देउवाले केन्द्रीय समितिमा लिखित सम्बोधन गर्दै भने, ‘मैले छोटो छोटो समयका लागि भए पनि पाँचपटक प्रधानमन्त्री हुने अवसर पाएँ । पाँचपटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिएँ ।’

देउवाले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा कतिपय क्षेत्रमा सुधारका कार्यहरु थालनी गरेको दाबी गरेका छन्।


प्रतिकृया दिनुहोस्