Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकार चुनाव गराउने बाटोमा छैन, संसद पुनर्स्थापना हुनुपर्छ : एमाले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २६ गते


Advertisement

काठमाडौं । नेकपा एमालेले सरकार चुनाव गर्ने पक्षमा नरहेको निष्कर्ष निकालेको छ।

शुक्रबारदेखि जारी एमाले सचिवालय बैठकले सरकारले चुनावको वातावरण बनाउन भन्दा पनि बिगारिरहेको ठहर गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार निषेध र प्रतिशोधको बाटोमा हिँडेको भन्दै चुनावको वातावरण नबनेको बताए।

‘सम्माननीय राष्ट्रपतिज्यूले यो सरकारलाई निर्वाचनको कार्यादेश दिनुभएको छ। तर सरकार निर्वाचनको बाटोमा होइन। निषेध, प्रतिशोध र मुठभेडको बाटोमा हिँडिरहेको हामीले अनूभूत गरेका छौँ’ ज्ञवालीले भने।

ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने निष्कर्षमा एकाले पुगेको पनि जानकारी दिए।

प्रतिनिधि सभाको विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको एमालेको ठहर छ ।


प्रतिकृया दिनुहोस्