Skip

Hamro Sanchar

मन्त्री बन्ने चर्चा भएकी टासी ल्हाजोम विवादमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २५ गते


काठमाडौं । तेस्रोपटक विस्तार हुन लागेको मन्त्रिपरिषद्‍मा मन्त्री बन्ने चर्चा भएकी टासी ल्हाजोम विवादमा तानिएकी छन् ।

सोमबारसम्म विस्तार गर्ने तयारी भएको मन्त्रिपरिषद्मा टासी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने समाचार प्रकाशित भएका थिए ।

मन्त्री बन्ने सूचीमा उनको नाम आएपछि उनी विवादित बनेकी हुन् । जेनजीहरूले नै उनलाई स्वीकार्न नसकिने बताएका छन् ।

जेनजीका तर्फबाट कर्णालीकी संयोजक सुप्रिया शाहीले विज्ञप्ति जारी गर्दै टासीको नागरिकता विवाद रहेको, जेनजी आन्दोलनमा कुनै भूमिका नरहनेको बताएकी छिन् ।

जेनजीहरुले टासी फ्री तिब्बत अभियानमा संलग्नता रहेको आशंका व्यक्त गर्दै त्यसबारे पनि छानबिन गर्न माग गरेका छन् ।

साथै कर्णालीको प्रतिनिधित्व गराउन कर्णालीका जेनजीहरुसँग छलफल र परामर्शविना नगर कुनै निर्णय नगर्न विज्ञप्तिमा भनिएको छ । टासीलाई कर्णालीको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको हो ।

कर्णालीका जेनजीहरूले प्रदेशको प्रतिनिधित्वका लागि पटकपटक छलफल पनि गरेका थिए । सम्भावित व्यक्तिका विषयमा समेत छलफल गरेका थिए । छलफलमा टासीको नाम प्रस्ताव भएको थिएन ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीबारे प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गर्ने बताएकी छन् ।

पूर्वसांसद ज्ञानेन्द्र शाहीले पनि टासी ल्हाजोम नेपाली नभएको भन्दै उनलाई अमेरिकी दूतावासले मन्त्री बनाउन खोजेको आरोप लगाएका छन् ।


प्रतिकृया दिनुहोस्