
काठमाडौं । नेकपा एमालेका युवाहरुको संस्था राष्ट्रिय युवा संघले मोटरसाइकल र्याली स्थगित गरेको छ ।
पत्रकार सम्मेलन गरी संघले भोलि तय गरिएको र्याली स्थगित भएको जानकारी दिएको हो । स्थानीय प्रशासनले रोक लगाएकाले मोटरसाइकल र्याली स्थगित गर्नुपरेको संघका अध्यक्ष क्षितिज थेबेले बताए ।
स्थगित भएको र्यालीलाई आइतबारका निम्ति अनुमति दिन सरकारसँग माग समेत गरे । युवा संघका इन्चार्ज राजीब पहारीले पहिलोपटक स्थगित भएको र्याली दोस्रोपटक नरोकिने चेतावनी दिएका छन् ।


















