Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? गृहमन्त्री बाबु धेरै नचम्किनू : ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २३ गते


Advertisement

 

काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन्।

एमाले भक्तपुर जिल्ला कमिटीले बिहीाबर गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले आफूलाई काठमाडौँ भ्याली छोड्न नपाउने भनेर तमासा देखाएको भन्दै आपत्ति जनाए।

आफू प्रधानमन्त्री सुुशीला कार्कीसँग नडराउने समेत ओलीको भनाइ छ। ‘मेरो पासपोर्ट रोक्का गर्नेरुअर्को तमासा के गर्नु भयो भने काठमाडौं भ्याली, यो डाँडो काटेर बाहिर जान नपाउने,’ ओलीले भने, ‘केपी ओली यो डाँडोसम्म जान पाउँछ, पल्ला पटी हेर्न पाईने किन नपाइने। त्यो पनि थाहा छैन। पानीढलको सीमाना वा। यो तमासा नभए, सडक तमासा नभए के हो योरु सुशीला कार्कीको डरले केपी ओली भाग्छरु के सोच्या छरु अहिलेको गृह मन्त्रीको त मैले नाम पनि सुनेको थिइन। गृहमन्त्री बाबुलाई धेरै नउत्यालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु।’


प्रतिकृया दिनुहोस्