Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माइतीघरमा ठूलो संख्यामा प्रहरी परिचालन, निकोलस भुसाल पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २३ गते


काठमाडौं । काठमाडौंको माइतीघरबाट प्रहरीले निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ ।

आज प्रदर्शनका लागि माइतीघर पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनका लागि आउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यसअघि, आजै माइतीघरबाट एसपी साह नाम गरेका युवकलाई पक्राउ गरेको थियो ।

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


प्रतिकृया दिनुहोस्