Skip

Hamro Sanchar

जेनजी आन्दोलनपछि पहिलोपटक कांग्रेस पदाधिकारी बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २३ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टी पदाधिकारी बैठक ललितपुरको एक होटलमा बस्ने भएको छ ।

पदाधिकारी बैठक आज दिउँसो दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्ने गरी बोलाइएको हो ।

२६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डाबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनपछि देउवाले पहिलो पटक पदाधिकारीको औपचारिक बैठक बोलाएका हुन्।

दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन(भदौ २४ गते)देउवा र उनकी पत्नी आरजु राणा माथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो।

आगजनीबाट निवास ध्वस्त भएपछि उनीहरु ललितपुरमा बस्दै आएका छन् । तर उनी बसेको स्थानबारे हालसम्म जानकारी गराइएको छैन ।


प्रतिकृया दिनुहोस्