Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हमासको कब्जामा रहेका विपिनको भिडियो राति १०ः४० बजे सार्वजनिक हुँदै, यस्तो छ नयाँ तस्बिर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २२ गते


काठमाडौं, असोज २२- हमास समूहले दुई वर्षदेखि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको एउटा नयाँ तस्बिर सार्वजनिक भएको छ। इजरायली सञ्चारमाध्यमहरूका अनुसार यो तस्बिर इजरायली रक्षा बल .आडिएफ) ले फेला पारेको एक भिडियो क्लिपबाट लिइएको हो।

इजरायलस्थित ‘द होस्टेजेज फ्यामिलिज फोरम हेडक्वार्टर्स’ तथा विभिन्न इजरायली सञ्चार संस्थाले जनाएअनुसार उक्त तस्बिर नोभेम्बर २०२३ मा खिचिएको भिडियोबाट निकालिएको हो। बन्धक बनेको भिडियो क्लिप आज राति १०ः४० बजे सार्वजनिक हुहुने भएको छ।

यसअघि अपहरणकै दिन शिफा अस्पतालको एक सुरक्षा क्यामेरा फुटेजमा उनलाई देखिएको थियो। सोपछि उनको कुनै तस्बिर बाहिर आएको थिएन। नयाँ तस्बिर सार्वजनिक भएसँगै लामो समयदेखि उनको अवस्थाबारे चिन्तित परिवार र शुभचिन्तकमा उनी जीवितै हुनसक्ने आशा पलाएको छ।

कञ्चनपुरका विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका थिए। ७ अक्टोबर २०२३ मा हमासले किबुत्ज अलुमिममा आक्रमण गर्दा उनलाई बन्धक बनाइएको थियो।आक्रमणका क्रममा विपिनले हमासका लडाकुले फालेको ग्रेनेड बाहिर फालेर अरूको ज्यान बचाएको विवरणहरू समेत सार्वजनिक भएका थिए।


प्रतिकृया दिनुहोस्