Skip

Hamro Sanchar

सुदन गुरुङ भन्छन् : ओलि र लेखकलाई तत्काल पक्राउ नगरे ‘सडकबाटै देखाइदिन्छौँ’ भनेका छैनौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २१ गते


काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न नमिल्ने बताएपछि आफ्नो समूहले सडकबाटै देखाइदिन्छौँ भनेर धम्की दिएको समाचार झुटो भएको सुदन गुरुङले बताएका छन्।

उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘नक्कली समाचार चेतावनीस् यो सत्य होइन र हाम्रो आधिकारिक च्यानलबाट प्रमाणित समाचार मात्र विश्वास गर्नुहोस् स् सडकबाटै देखाइदिन्छौँ भन्दै सुदन गुरुङको टिमले धम्की दिएपछि काठमाडौं उपत्यका प्रहरी परिसरले सुरक्षाको कारण देखाउँदै सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई फिर्ता बोलाएको छ।’

यद्यपि जेनजी आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर बालबालिकारयुवाको हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न जेनजी टोलीले सरकारलाई दबाब दिइरहेको छ। सुदन गुरुङले सामाजिक सञ्जालमा पनि ओली र लेखकलाई गिरफ्तार गर भन्ने भन्ने अभियान चलाइरहेका छन्।

तर त्यसरी सडकबाटै देखाइदिने धम्की दिएको भनी गरिएको हल्ला भने सत्य नभएको गुरुङले बताएका हुन्।

यसबीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बालुवाटारमै गएर प्रधानमन्त्री कार्कीलाई ओली र लेखकमाथि कारबाही अघि नबढाउनुको कारण मागेका छन् भने जेनजी अगुवा, सहिदका परिवार तथा आन्दोलनका घाइतेहरूले पनि ओली र लेखकलाई तत्काल गिरफ्तार गरी कारबाही अघि बढाउनुपर्ने आवाज उठाइरहेका छन् ।

 


प्रतिकृया दिनुहोस्