Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माओवादीले बोलायो सचिवालय बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १९ गते


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सचिवालय बैठक बोलाएको छ ।

सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

उनका अनुसार महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो । यस्तै माओवादीले पूर्वपदाधिकारीलाई यसअघि नै सचिवालयमा रूपान्तरण गरेको थियो ।


प्रतिकृया दिनुहोस्