Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १९ गते


Advertisement

इलाम । इलाम नगरपालिका-६, घोसस्थित नवबुद्ध आदर्श टोलमा आइतबार बिहान पहिरो जाँदा एकै परिवारका ६ जनाको ज्यान गएको छ।

अत्यधिक वर्षाका कारण गएको पहिरोले स्थानीय डम्बर तामाङको घर पुरिँदा ठुलो जनधन क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

मृतकहरूमा ४० वर्षीय अनु तामाङ, २१ वर्षका प्रशान्त तामाङ, २१ वर्षका विराज तामाङ, १२ वर्षका समीर राई, ७-८वर्षकी प्रिन्सिका मगर र करिब ३-४ वर्षका एक बालक रहेको इलाम नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष मदन श्रेष्ठले जानकारी दिए।

नाबालकको उद्धार गरी अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ। घटनामा चार जना घाइते भएका छन्।

वडाध्यक्ष श्रेष्ठका अनुसार, दसैँ भएका कारण पाहुना लाग्न आएका ६–७ जनाले भागेर ज्यान बचाएका छन्। जसमा वृद्ध दम्पती पनि छन्। उनीहरू करिब ८० वर्ष नाघेका छन्।

वडाध्यक्ष श्रेष्ठले भने, ‘डम्बर तामाङको घर पूर्ण रूपमा पुरिएको छ। केही सदस्य भाग्न सफल भए पनि अरूलाई बचाउन सकिएन।


प्रतिकृया दिनुहोस्