Skip
आज : २०८२ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक खुल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १३ गते


काठमाडौं । तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । केहीबेर अघि दुईतर्फी नै बाटो खुलेको हो ।

आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो ।

पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो । तर पहिरो झरिरहेको थियो ।

चाडपर्वको अवसर पारेर हिँडेका कयौं यात्रुहरू पहिरोका कारण बिच बाटोमै अलपत्र परेका थिए । अहिले यात्रुहरु गन्तव्यमा प्रस्थान गरिरहेका छन् । लामो समयसम्म बाटो बन्द हुँदा सडकमा सवारी साधनको चाप छ ।


प्रतिकृया दिनुहोस्