Skip
आज : २०८२ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शंकर पोखरेल भन्छन : हामीले नवयुवाको विश्वास जित्न सकेनौँ, देश ‘डिप स्टेट’ को प्रयोगशाला बन्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १३ गते


 

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश भूराजनीतिक द्धन्द्धको चपेटामा परेर डिप स्टेटको प्रयोगशाला बनाइएको दावी गरेका छन् । दशैँ विदा शुरु भएकै दिन महासचिव पोखरेलले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट आफूलाई जोगाउन नसकिएको स्वीकार गरेका छन् ।

महासचिव पोखरेलले आफ्नो वक्तव्यमा भनेका छन्–हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्‍यो । राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरुको खेलवाट हामीले आफुलाई जोगाउन सकेनौ । हाम्रो देश पनि बैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो । हामीले सबै समस्याको समाधान लोकतान्त्रिक वाटोवाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न सकेनौ । उनीहरुको भावना र चाहनासंग नेपाली राजनीतिलाई जोड्न सकेनौ । तर यसको अर्थ नेपालाई बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र र स्वाधिनता एवम् स्वाभिमानको वाटोवाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन ।

ढिलोचाडो मुलुक लोकतन्त्रको जनसार्वभौम वाटोतिर फर्कने छ र फर्काइने छ । नेकपा एमाले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि वढ्न प्रतिवद्ध छ र रहनेछ ।

पोखरेलले नवयुवाको विश्वास जित्न नसकेको स्वीकार गर्दै फेरि पनि देशलाई लोकतन्त्रको बाटोमा फर्काइने विश्वास व्यक्त गरेका छन्।


प्रतिकृया दिनुहोस्