Skip

Hamro Sanchar

तुइनखोलामा फेरि पहिरो : नारायणगढ–मुग्लिङ सडक दुवैतर्फ बन्द, खुल्न ४ घण्टा लाग्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १३ गते


काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा गएको पहिरो पन्छाउने काम सुरु भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो थप नझरे करिब ३–४ घण्टामा पन्छाइसकिनेछ।

अहिले कार्यालयका उपकरणमार्फत पहिरो पन्छाउने काम सुरु भएको हो।

पहिरोका कारण मध्याह्न १२ बजेदेखि दुवैतर्फ सडक बन्द भएको छ।

कार्यालयले सकभर वैकल्पिक सडक प्रयोग गर्न यात्रुहरुलाई सुझाएको छ। रोकिएका सवारीसाधनलाई पनि लेन अनुशासनमा रहन आग्रह गरेको छ।


प्रतिकृया दिनुहोस्