
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्।
बैठक आइतबार दिउँसो १ बजे भक्तपुरको गुन्डुस्थित ओली निवासमै बस्ने गरि बोलाइएको हो।
जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिन बाध्य भएका ओलीले बोलाएको यो पहिलो बैठक हो।
बैठकमा आगामी रणनीतिबारे छलफल हुने छ ।














