Skip

Hamro Sanchar

पासपोर्ट रोक्काबारे ओलीको प्रश्न: के ठानेको  हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्छौं ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ११ गते


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पासपोर्ट रोक्का गर्ने सरकारको तयारीबारे आपत्ति जनाएका छन् ।

शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले विभिन्न उच्च पदस्थहरूको पासपोर्ट रोक्का गर्ने तयारी अघि बढाएकोबारे ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने बताए ।

‘अहिले म सुनिरहेको छु, सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ,’ ओलीले भने, ‘पासपोर्ट रोक्ने, के ठानेको छ रु यो हाहुको सरकारलाई देश जिम्मा लाइदिएर हामी विदेश भाग्छौं रु’

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नै नेतृत्वको दलले देश बनाउने र संवैधानिक र लोकतान्त्रिक मूल धारमा ल्याउने समेत जिकिर गरे ।

 


प्रतिकृया दिनुहोस्