Skip

Hamro Sanchar

जेनजी आन्दोलनका घाइतेलाई भेटे सञ्चारमन्त्रीले ,भने : तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १० गते


काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

घाइतेलाई भेट्न मन्त्री खरेल आज टिचिङ अस्पताल पुगेका हुन् ।

भेटका क्रममा मन्त्री खरेलले घाइतेहरूको स्वास्थ्यलाभको कामना गरे ।

सो क्रममा मन्त्री खरेलले भने, ‘यो सरकार तपाईंहरूले बगाएको रगतले बनेको हो, देश पनि अहिले बिरामी छ, तपाईंहरूसँगै देशको पनि उपचार गर्ने हो ।’


प्रतिकृया दिनुहोस्