Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माओवादील पनि कांग्रेस – एमाले जस्तै भएपछि जनता निराश भए : सुदन किराँती

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १० गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता सुदन किरातीले जेन जी विद्रोहको मूल कारक माओवादी नै भएको बताएका छन् ।

प्रज्ञामा जारी केन्द्रीय कमिटी बैठकको पहिलो दिन आज आफ्नो भनाइ राख्दै किरातीले नेताहरू लोभी र स्वार्थी बन्न थालेपछि जनता निराश बनेको बताए ।

‘आत्म स्वीकार गरौं । कांग्रेस र एमालेले गरेको भ्रष्टाचारको विरोधमा जनयुद्ध गरेका थियौं । हामीलाई पनि उस्तै देखेर जनता निराश भए’, किरातीले भने, ‘ नेताले जब मृत्युको प्रवाह गरेनन् त्यो बेला पार्टी बलियो भयो । जब जीवनको लोभ गर्न थाल्यो पार्टी कमजोर हुँदै गयो । नेताहरू परिवार, पैसा र सुन, धनको पछि मरिहत्ते गरेर लागे । हामी कमजोरी यसरी भयौँ ।’

यथास्थितिमा पार्टी नचल्ने भन्दै उनले निर्देशक कमिटी बनाएर सबै पदाधिकारीले राजीनामा गर्नुपर्ने, स्थायी समितिको सिनियर नेतालाई संयोजक बनाउनुपर्ने, अधिवेशनबाट नेतृत्व छाड्ने पूर्ण ग्यारेन्टी गरेर अघि बढ्नुपर्ने प्रस्ताव राखे ।

अहिले नेकपा एससँगको पार्टी एकता हानिकारक भएको भन्दै सुदनले नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् । माधव नेपालमाथिको भ्रष्टाचार मुद्दा हुँदाहुँदै एकता गरेर जनतामाझ जान नसकिने उनको जिकिर थियो ।

किरातीले भने, ‘नेकपा एससँगको एकता हानिकारक हुन्छ । किनकी जेनजी आन्दोलन भ्रष्टाचारको विरुद्धमा हो । हाम्रो पार्टीले पनि उठाउँदै आएको सुशासनको कुरा नै हो । समाजवादीको मुख्य नेतालाई भ्रष्टाचारसँगसम्बन्धी मुद्दा छानबिन भइरहेको हुनाले उहाँको मुद्दा किनारा लागेपछि मात्र एकता गर्नुपर्छ अन्यथा जनतामा जान सकिँदैन ।


प्रतिकृया दिनुहोस्