Skip

Hamro Sanchar

तुइनखोलाको पहिरो हटेपछि मध्यराति मुग्लिन-नारायणगढ सडक दुईतर्फी खुल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १० गते


काठमाडौं । तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाएपछि मुग्लिन-नारायणगढ सडक खुलेको छ।

सडक डिभिजन भरतपुरले भर्खरै सूचना जारी गरी सडक दुवैतर्फ सवारीसाधन सञ्चालन हुने गरी खुलाइएको जानकारी दिएको हो।

(बिहीबार) राति १०:४५ बजेतिर जारी सूचनामा भनिएको छ, ‘मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाई यातायात आवागमन दुईतर्फी सञ्चालनमा आएको सहर्ष जानकारी गराउँछौँ।


प्रतिकृया दिनुहोस्