Skip

Hamro Sanchar

सञ्चारमन्त्री खरेल सरकारको प्रवक्ता तोकिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ९ गते


काठमाडौं । सरकारको प्रवक्तामा सञ्चार तथा सूचनामन्त्री जगदीश खरेललाई तोकिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता, सञ्चारमन्त्री खरेलले मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिँदै अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको अधिकार सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई तोकिएको बताए।

यसअघि सरकारले ऐन ल्याएर जिल्ला प्रशासनमार्फत दर्ता र नवीकरण गर्ने निर्णय गरेपछि विवाद भएको थियो।

यस्तै, सरकारले सरकारले सुरक्षण मुद्रणसम्बन्धी नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

यस्तै, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको उनले बताए ।


प्रतिकृया दिनुहोस्