Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ८ गते


सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका–१, जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ बस्ने ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फूलमाया लामा र निजकी बहिनी पाँच वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएको प्रहरी उपरीक्षक तथा जिल्ला प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।

उनीहरू जुगल गाउँपालिका–२, गोल्छेमा रहेको मामाघर जाँदै थिए।

आन दिउँसो करिब ४ः४५ बजे सडकमाथिबाट लेदोसहितको पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् ।

घटनापछि इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको नेतृत्वमा १० जनाको प्रहरी टोली परिचालन भई खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।


प्रतिकृया दिनुहोस्