
काठमाडौं । जेनजी प्रदर्शनको क्रममा सुन्धारा कारागारबाट फरार भएका नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डे कारागार फर्केका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्वसचिव पाण्डे मंलबार साँझ कारागार फर्केको स्रोतले बताएको छ । मंगलबार साँझ नै नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक पनि कारागार फकेका छन् ।
उनीहरु आफैं कारागार फर्केको कारागार प्रशासनले बताएको छ । त्यसैगरी आज बुधबार भुटानी काण्डमै जोडिएका बेचन झा पनि कारागार फर्केका छन् । उनी पनि आफैं कारागार फर्केका हुन् ।
यसअघि मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भुटानी काण्डमा जोडिएका केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेर कारागारमा बुझाएको थियो ।























