Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेतृत्व परिवर्तनबारे  छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ८ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चलिरहेको नेतृत्व परिवर्तनको बहस महाधिवेशनसम्म जाँदा सबै हल हुने बताएका छन्।

पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकपछि संक्षिप्त प्रक्रिया दिँदै यस्तो बताएका हुन्। उनले भने, ‘नेतृत्व परिवर्तनबारे छलफल भइरहेको छ, महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ।’

माओवादीमा प्रचण्डलाई उपमहासचिव जनार्दन शर्माले राजीनामा माग्दै नेतृत्व छाड्न दबाब बढाएका छन्। प्रचण्डले मंसिरमा सबै कमिटी भङ्ग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव राखेका छन्।


प्रतिकृया दिनुहोस्