Skip

Hamro Sanchar

झलनाथ पत्नी चित्रकारलाई थप उपचारका लागि भारत लगिँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ६ गते


काठमाडौं । नेकपा एसका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

जेनजी आन्दोलनका क्रममा आगोमा जलेर घाइते भएकी चित्रकारको थप उपचारका लागि सोमबार श्री एयरलाइन्सलाई एयर एम्बुलेन्सबाट भारत लगिएको पारिवारिक स्रोत जानकारी दिएको छ ।

उनको फोक्सोको संक्रमण बढेको कारण दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गरिने छ ।


प्रतिकृया दिनुहोस्