Skip

Hamro Sanchar

नवनियुुक्त मन्त्रीहरुको शपथ समारोहमा सभामुख घिमिरे पनि उपस्थित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ६ गते


काठमाडौं । नवनियुुक्त मन्त्रीहरुको शपथ समारोहमा सभामुख देवराज घिमिरे पनि सहाभागी भएका थिए।

आज शीलत निवासमा आयोजित शपथ ग्रहण समारोहमा उनी सहभागी भएका हुन्।

२३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने प्रतिनिधिसभा विघटन भएको थियो। त्यसयता घिमिरे पहिलो पटक सार्वजनिक समारोहमा सभागी भएका हुन्।

घिमिरे अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र अन्य ३ जना मन्त्रीको शपथ समारोहमा भने सहभागी भएका थिएनन्।

मुख्य शपथ समारोहमा राज्यका महत्वपूर्ण पदमा रहेका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख राष्ट्रिय सभा अध्यक्षहरुको उपस्थिति हुने गर्दछ।


प्रतिकृया दिनुहोस्