Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आगजनी र तोडफोडमा पार्टीसँग सम्बन्धित कसैको संलग्नता देखिए सख्त कारबाही होस् :  माओवादी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २९ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरू घुसेको टिप्पणी गरेको छ ।

‘आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरू घुसेर जुन खालको विध्वंस र वितण्डा मच्चाएका छन्, त्यसको हाम्रो पार्टी कडा शब्दमा विरोध र भ्रत्सर्ना गर्दछ,’ माओवादीले विज्ञप्ति निकालेर भनेको छ, ‘यसले आन्दोलनको मूल उद्देश्य र छविलाई नै धुमिल बनाएको छ ।’

माओवादीका उपाध्यक्ष एवं पार्टीका प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति निकालेर यस्तो बताएका हुन्

जेनजी पुस्ताले उठाएका मागहरूका सम्बन्धमा पार्टीको नीति तथा धारणा अध्यक्ष प्रचण्डले सार्वजनिक अपिल प्रकाशित गर्दै आएको उल्लेख गर्दै विज्ञप्तिमार्फत माओवादीले आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा पार्टीसँग सम्बन्धित कसैको संलग्नता देखिए सख्त कारबाही गर्न सरकारलाई भनेको छ ।

‘‘गतिविधिमा हाम्रो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए हामी कडाभन्दा कडा कारबाही गर्न तयार छौं । तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

यो तथ्य प्रष्ट हुँदाहुँदै केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता रहेको भनेर प्रचार गरेको भन्दै माओवादीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आधारहीन हल्ला नफैलाउन आग्रह गरिएको छ भने दुष्प्रचारबाट भ्रममा नपर्न समुदायमा अपिल गरेको छ ।


प्रतिकृया दिनुहोस्