Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नव नियुक्त प्रधानमन्त्री कार्कीले आज कार्यभार सम्हाल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २९ गते


Advertisement

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज कार्यभार सम्हाल्दैछिन्।

जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले आइतबार साँढे ११ बजे सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ।

आन्दोलनको क्रममा भदौँ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी भएको छ।

कार्कीलाई ६ महिनाभित्र चुनाव गर्नेगरि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

आगजनीबाट क्षतिग्रस्त भएका सिंहदरबारका अन्य मन्त्रालयहरूमा पनि सरसफाइ गरेर काम सुरु गर्ने तयारी गरिएको छ। आजदेखि सिंहदरबार पुनः लयमा फर्किने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले जानकारी दिएका छन्।

तत्कालको लागि प्रधानमन्त्री कार्यालय आगलागीबाट जोगिएका पुरानै सामग्रीबाट सञ्चालन गर्ने तयारी छ ।


प्रतिकृया दिनुहोस्