
काठमाडौं । नेकपा माओवादी केन्द्रले जेन जी आन्दोलनका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित १९ नेताको घरमा तोडफोड र आगजनी भएको जनाएको छ।
हालसम्म प्राप्त विवरणअनुसार माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको र बाँकी थप क्षतिको विवरण संकलन भइरहेको जनाएको छ।
कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्मण्यता शृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाएकै कारणले पार्टीका नेताहरूको घर जेन जी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेका माओवादीको निष्कर्ष छ।
विवरण हेर्नुस्:
१। अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त ।
२। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।
३। उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।
४। उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।
५। उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।
६। उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।
७। उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।
८। उपमहासचिव गिरिराजमणि पोखरेलको निवास तोडफोड र लुटपाट ।
९। सचिव चक्रपाणि खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।
१०। केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
११। केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।
१२। केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
१३। केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।
१४। केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।
१५। केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।
१६। केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आगजनी ।
१७। केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।
१८। केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।
१९। केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त


















