Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

म अन्तरिम मन्त्रिमण्डलमा जान लागेको हैन : सुमना श्रेष्ठ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २८ गते


Advertisement

काठमाडौं । पूर्वमन्त्री तथा राष्ट्रियत स्वतन्त्र पार्टी ९रास्वपा० का नेता सुमना श्रेष्ठले आफू नवगठित अन्तरिम मन्त्रिपरिषद्‌मा मन्त्री बन्न नजाने स्पष्टीकरण दिएकी छन्।

धेरै साथीहरूले मन्त्री बन्न लागेको हो भनी म्यासेजरफोन गरेर सोधेको भन्दै उनले आफू सरकारमा सामेल नहुने बताएकी हुन्।

‘म अन्तरिम मन्त्रिमण्डलमा जान लागेको हैन, मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन’, शनिबार सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्।

‘हरेक आन्दोलनपछि जसको विरुद्ध आन्दोलन भएको हो, त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदूषित भएको छ। यसपालिको आन्दोलनमा म त्यस्तो प्रदूषणको कारक बन्दिनँ, यसको उपलब्धि संस्थागत गर्न दिलोज्यान दिएर काम गर्छु। सत्ता होइन, सेवा गर्ने ! कुर्सी होइन, कर्म गर्ने ! नाम होइन, काम गर्ने’, उनले थपेकी छन् ।


प्रतिकृया दिनुहोस्