
काठमाडौं । सिन्धुलीका एक व्यक्तिले ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान चाइनिज पेस्तोल नेपाली सेनालाई बुझाएका छन् । नेपाली सेनाले शुक्रबार ९भदौ २७० एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
“सिन्धुली जिल्ला मरिन–४ स्थायी घर भएका एक व्यक्तिले आन्दोलनको दौरान नेपाल प्रहरीबाट लुटेको ९ मि।मि। चाइनिज पेस्तोल नाल–१ ९एक०, काठमाडौंस्थित डल्लु इलाकामा खटिएको नेपाली सेनाको पट्रोल टोलीलाई बुझाएको छ,” नेपाली सेनाको विज्ञप्तिमा भनिएको छ ।
भदौ २४ गते राति १० बजेदेखि हालसम्म विभिन्न स्थानबाट प्रहरीबाट प्रदर्शनकारीले लुटेका २६८ नाल हतियार बरामद भएको सेनाले जनाएको छ ।


















