Skip

Hamro Sanchar

योगेश भट्टराई भन्छन् : एमाले र कांग्रेस रास्वपाभन्दा पनि नौजवान पार्टी हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २८ गते


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले र कांग्रेस अहिले पनि नौजवान पार्टी भएको बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले पुराना राजनीतिक दलहरू सकिए र पुराना दलहरूको स्थान नयाँले लिन्छन् भन्ने भाष्य सिर्जना गरिएको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ राजनीतिक दलहरू त्यसमा आश गरेर बसिरहेको उनको भनाइ थियो ।

‘यहाँ पुराना दलहरू अब सिद्धिँदै छन् । पुराना दलहरूको स्थान नयाँ दलले लिँदैछ भन्ने कतिपयका भाष्यहरू छन् । कविन्द्र ९रास्वपा महामन्त्री० जीहरू त्यसमा आश गरिरहनुभएको छ । पुराना दल कहिले सिद्धेलान् र हामी त्यहाँ उभिउँला भनेर । उहाँहरूको त्यो आशा छ,’ भट्टराईले भने ।

दाबी गरेर मात्रै नयाँ नभइने भन्दै किन नयाँ राजनीतिक दल भन्नेकुरा प्रमाणित गर्न सक्नुपर्ने भनाइ उनले राखे । राजनीतिक दल कहिले पनि पाको नहुने र कहिल्यै नमर्ने भन्दै एमालेले हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रुपान्तरण गर्दै आएको उनको भनाइ थियो ।

‘पुराना दलले के गरे, किन हामी भन्ने छ । दाबी गरेर मात्रै त हुँदैन । मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ । राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो । एमाले स्थापित भएको ७० वर्ष भयो,’ उनले भने, ‘एमाले आज पनि नौजवान पार्टी हो । काँग्रेस आज पनि नौजवान पार्टी हो । कतिपय सन्दर्भमा कविन्द्रजीहरूको रास्वपा भन्दा पनि नौजवान हो । यो पार्टी हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रुपान्तरण गर्दै आएको छ ।’

सचिव भट्टराईले राजनीतिक दलको कहिले पनि मृत्यु नहुने बताए ।


प्रतिकृया दिनुहोस्