
काठमाडौं । काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
बौद्धस्थित एक घरको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।
मृतकको नाम खुलिसकेको छैन । मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको बोहराले बताए । उनका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


















