Skip

Hamro Sanchar

रविको पक्षमा हस्ताक्षर गर्दै मनिषाले भनिन् : राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २६ गते


काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।

सरकारले प्रतिसोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन्।

हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले राज्यबाट भइरहेको अन्याय र दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताइन् । ‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ’, उनले भनिन् ।

उनले अघि भनिन्, ‘जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको छ।


प्रतिकृया दिनुहोस्