Skip

Hamro Sanchar

प्रधानमन्त्रीको शुभकामना : गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २६ गते


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् ।

सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको र त्यस्तो दीप विवेक भएको बताए ।

गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइने गरेको बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्,“हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ । ”

फेसबुकमा प्रधानमन्त्रीले लेखेका छन्,“गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् । गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् । सबैलाई शुभकामना


प्रतिकृया दिनुहोस्